PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कांग्रेस वरिष्ठ नेता पौडेल र भारतका रक्षामन्त्री सिंहबीच दिल्लीमा भेटवार्ता



कांग्रेस वरिष्ठ नेता पौडेल र भारतका रक्षामन्त्री सिंहबीच दिल्लीमा भेटवार्ता

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भारतका रक्षामन्त्री राजनाथ सिंहका बीचमा भेटवार्ता भएको छ। स्वास्थ्य उपचारका लागि सोमवार भारतको नयाँ दिल्ली पुगेका पौडेलले रक्षामन्त्री सिंहसँग भेट गरेका हुन्।

भारतीय जनता पार्टीका उपाध्यक्ष समेत रहेका सिंहसँग नेता पौडेलले आज नयाँ दिल्लीमा भेटवार्ता गरेका हुन्। भेटवार्तामा नेपाल भारतबीचको सम्बन्धबारेमा छलफल भएको थियो। पौडेल र सिंहबीच नेपालको पछिल्लो राजनीतिक अवस्था तथा विश्व राजनीतिका बारेमा छलफल भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell