PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विस्फोट, विप्लव समूहमाथि शंका



बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विस्फोट, विप्लव समूहमाथि शंका

काठमाडौँ :  काठमाडौँको नागार्जुन नर्सरी चोक नजिकै रहेको शोभाकान्त ढकालको घरमा बुधवार साँझ भएको विस्फोट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

विप्लव समुहले सरकारी जग्गा ललिता निवास ११५ रोपनी व्यक्तिको नाममा हडप्ने मुख्य योजनाकार ढकाल भएकाले विस्फोट गराएको हुन सक्ने बताइएको छ। 

विस्फोट स्थलमा जनयुद्धकालमा सुकुम्वासी र भुमिहिनका लागि जग्गा हडप्ने गरेको उल्लेखित प्रचार सामाग्री प्रहरीले फेला पारेपछि प्रहरीको आशंका विप्लवतिर सोझिएको हो।

आज साँझ करिव ८ बजे विस्फोट भएको थियो। विस्फोटको कारण घरमा सामान्य क्षति पुगेको छ।

'घरको गेटमा विस्फोट भएको जानकारी आएको छ। घरमा सामान्य क्षति भएको देखिन्छ। थप अनुसन्धान गरिरहेका छौं।' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने। ढकाल ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्ति हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell