PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

‘माइकल अधिकारी’मा सौगात र सृष्टिको यस्तो लुक्स



‘माइकल अधिकारी’मा सौगात र सृष्टिको यस्तो लुक्स

काठमाडौं : गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘माइकल अधिकारी’को छायांकन शुरु भएको छ। बुधवारदेखि फिल्मको छायांकन शुरु भएको हो।

सरोगेसीको कथामा निर्माण हुन लागेको यस फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहने छ। सौगात र सृष्टिसँगै फिल्ममा अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, सुजना ढकाल लगायतका  कलाकारहरुको अभिनय रहने छ।

उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन्। निर्देशक पौडेलकै कथा रहेको यस फिल्ममा राजु बिक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा रहेको छ।

फिल्मको लागि निर्माण टिमले ३५ दिनको छायांकन सेड्युल तयार पारेको छ। कमेडी जनारामा निर्माण हुन लागेको यस फिल्ममा सौगात भिन्न अवतारमा देखिएका छन्। अहिलेसम्म गरेका फिल्महरु मध्ये यस फिल्मको स्कृप्टले आफूलाई तानेको सौगात बताँउछन्। 

‘माइकल अधिकारी’ चैत २८ गतेदेखि प्रदर्शनमा आउने छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell