PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रहरीले 'तँ' भनेपछि 'डन्ठीनी'देखि 'प्युसिनी' सम्म भन्दै भिडियाेमा भाइरल आस्था राउत



प्रहरीले 'तँ' भनेपछि 'डन्ठीनी'देखि 'प्युसिनी' सम्म भन्दै भिडियाेमा भाइरल आस्था राउत
फाेटाे : गायिका आस्था राउतकाे फेसबुकबाट

काठमाडौं : गायिका आस्था राउत केही घण्टायता चर्चामा छिन्। 

उनको गायिकीका कारण नभएकाले सामाजिक सञ्जालमा आएको भिडियो कारण चर्चामा आएकी छिन्। बुधवार दिउँसो कार्यक्रममा झापाको भद्रपुर जाँदा त्रिभुवन विमानस्थलमा एक महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै भिडियोमार्फत् आक्रोश पोखेकी हुन्। भद्रपुर हुँदै उनी सिक्किम जाँदै थिइन्।

प्रहरीले उनलाई ‘तँ’ भनेर बोलाएको भन्दै भिडियोमा आक्रोशित देखिएकी छिन् आस्था। प्रहरीलाई तल्तो स्तरको गालीसमेत गरेकी छिन् राउतले।

‘रुट्स नै बिग्रेको छ। नालीका किराहरुलाई कहिले सुधार्ने?’ राउतले भनेकी छिन्, ‘अनि त्यो पुलिस डन्ठिनीहरु। त्यो सिपाही प्युसी प्युपीहरु। तिमीहरुको बोल्ने ढंग छैन भने नबोल के!’

प्रहरीले भिडियो सार्वजनिक भएपछि अनुसन्धान अगाडि बढाएको छ।

‘उहाँले भिडियोमा प्रहरीले दुर्व्यवहार गरेको भन्नु भएको रहेछ। के हो हामीले अनुसन्धान सुरु गरेका छौं। प्रहरीको गल्ती देखिए कारबाही हुन्छ,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेस थापा क्षेत्रीले भने।

प्रहरी प्रधान कार्यालयले अनुसन्धानको लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई पत्रचार गरिसकेको छ। तर, भिडियो भाइरल भएपछि गायिका राउतले प्रयोग गरेका शव्दप्रति माफी मागेकी छिन्। फेसबुकमा उनले लेखेकी छिन्, ‘रिसको आवेगमा बेद पढिँदैन। मलाई पनि त्यस्तै भयो। इनएप्रोप्राइट वर्डर्सका लागि क्षमा चाहन्छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell