PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सरकारका प्रवक्ता बास्कोटाको टिप्पणी : ललिता निवासको जग्गा विप्लवले कब्जा गर्दैमा हुँदैन



सरकारका प्रवक्ता बास्कोटाको टिप्पणी : ललिता निवासको जग्गा विप्लवले कब्जा गर्दैमा हुँदैन

काठमाडौं : सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेस भाइ- भाइ भएको बताएका छन्।

सरकारका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार एवं सहरी विकासमन्त्रीसमेत रहेका बाँस्कोटाले भने, 'देश निर्माणको प्रश्नमा नेकपा र नेका भाइ-भाइ हो।' 

उनले ललिता निवासको जग्गा नेत्रविक्रम चन्द विप्लवले कब्जा गरेर कब्जा नहुने बताए। नेपाल सरकारले त्यसमाथि छानबिन गरिरहेको मन्त्री बाँस्कोटाको भनाइ थियो।

उनले उक्त जग्गा नेपाली जनताको र नेपाल सरकारको भएको बताए। उनले जनताको सम्पत्तिमाथि खेलवाड नगर्न पनि आग्रह गरे।

उनले भने, 'ठाउँ ठाउँमा गएर झण्डा गाडेर केही हुनेवाला छैन। कानुनी प्रक्रिया अनुसार विधिद्वारा नै विषयवस्तुको निरुपण गर्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell