PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

अबुधाबीमा १८ नेपाली सवार मिनीबस दुर्घटना



अबुधाबीमा १८ नेपाली सवार मिनीबस दुर्घटना

युएईको राजधानी अबुधाबीमा नेपाली सवार मिनीबस दुर्घटना भएको छ। २४ यात्री रहेको उक्त मिनीबस स्थानीय समयअनुसार बिहान ५: ३० बजे अलरह सडकमा दुर्घटनामा परेको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ।

बसमा सवारमध्ये १८ जना नेपाली रहेको दूतावासले जनाएको छ। एक कम्पनीको कामदार यात्रारत रहेको बस दुर्घटनामा पर्दा पाँच जनाको मृत्यु भएको र उनीहरु कुन देशका हुन् भन्ने चाहि खुलेको छैन। दूतावासले भनेको छ, '२४ यात्रु रहेको मिनीबसमा १८ नेपाली थिए। पाँच जनाको मृत्यु भएको छ। ती कुन देशका हुन् खुलेको छैन।'

घाइतेहरुलाई भेट्न अबुदावीको मफ्रक र अन्य अस्पतालमा राजदूत कृष्णप्रसाद ढकालसहित दूतावासका उच्च अधिकारीहरु पुगेका छन्। घटनाबारे विस्तृत जानकारी अझै उपलब्ध नभएको दूतावासले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell