PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

संसदमा देखिएको गतिरोधको प्रमुख कारक र बाधक उपसभामुख : नेता गजुरेल



संसदमा देखिएको गतिरोधको प्रमुख कारक र बाधक उपसभामुख : नेता गजुरेल
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा देखिएको गतिरोधको प्रमुख कारक र बाधक उपसभामुख भएको बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता गजुरेलले संसदको गतिरोध हटाउन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने बताए। उनले उपसभामुखले राजीनामा नदिएसम्म नेकपाले उम्मेद्वारी दिन नपाउने भएकाले देश र जनतालाई निकास दिन पनि राजीनामा दिनुपर्ने बताए।

उनले राजीनामा नदिने हो भने पार्टीले गम्भिर छलफल गर्ने समेत बताए। पार्टीका दुवै अध्यक्षले उनलाई राजीनामा दिन आग्रह गरेको बताउँदै गजुरेलले राजीनामा नदिने भए पार्टी सोही अनुसार अगाडी बढ्ने समेत बताए। उनले पार्टीमा सभामुख को हुने भन्ने बहसको विषय भएको र पुरानो सहमति अनुसार नै चयन हुने बताए। उपसभामुखले राजीनामा नदिँदा सम्म बहस गर्नुको कुनै अर्थ नहुने समेत उनले बताए।

नेता गजुरेलले अहिलेको अवरोधको अवस्था कुनै नौलो कुरा नभएको समेत बताएका छन्। उनले पार्टीको महाधिवेशन नहुँदासम्म पावर सेयरिङ हुनै पर्ने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell