PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १ गतेदेखि



नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १ गतेदेखि

काठमाडौं : तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी फागुन १ गतेदेखि ५ गतेसम्म काठमाडौंमा सञ्चालन हुने भएको छ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आएको महोत्सव काठमाडौंको राष्ट्रिय सभागृह तथा पर्यटन बोर्डमा ५ दिनसम्म चल्ने छ।

बिहीवार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै उक्त महोत्सवको घोषणा गरिएको हो। उक्त कार्यक्रममा शहरी विकास राज्य मन्त्री रामवीर मानन्धर, अभिनेता नीर शाह, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, सांसद तथा गायिका कोमल ओली लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा राज्यमन्त्री मानन्धरले आफू नेपाली फिल्मसँग जोडिएकोले सहयोग गर्न सदैव तत्पर रहेको बताए। उनले नेपाली फिल्ममार्फत राष्ट्रियतालाई पनि विषयवस्तु बनाँउदै दर्शकसम्म लग्न सुझाए।

त्यस्तै अभिनेता नीर शाहले यस्ता महोत्सवले नेपालको प्रवर्द्धनमा समेत मद्दत गरेको बताए। उनले विदेशी जुरीले नेपाली फिल्ममार्फत नेपाललाई चिन्न र बुझ्न पाएको प्रसंग सुनाँउदै यस किसिमका फेस्टिभलले नेपाली फिल्म मात्र नभई भूगोललाई पनि बुझाउन मदत गर्ने दावी गरे।

नेपाल चलचित्र महोत्सवमा ४० देशका ८० फिल्महरु देखाइनेछ। जसमा १० अन्तर्राष्ट्रिय चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लधु चलचित्र, ८ वृतचित्र र ६ एनिमेटेड फिल्म रहेका छन्।

नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट कथानक चलचित्रलाई १ लाख रुपैयाँसहित पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई ४० हजार रुपैयाँसहितको पुरस्कार प्रदान गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell