PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो, सडक एकतर्फी संचालनमा



 नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो, सडक एकतर्फी संचालनमा
फाइल फोटो

चितवन : नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेको छ। बिहीबारदेखि भइरहेको वर्षाका कारण इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको हो।

पहिरोका कारण केही बेर सडक अवरुद्ध भएतापनि अहिले एकतर्फी सडक संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ। तर, अविरल वर्षाका कारण पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell