PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अबुधाबी मिनीबस दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु, यसरी ठोक्किएको थियो बस



अबुधाबी मिनीबस दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु, यसरी ठोक्किएको थियो बस
फोटो : Supplied/Gulfnews.com

युएईको राजधानी अबुधाबीमा नेपाली सवार मिनीबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २४ यात्री रहेको उक्त मिनीबस स्थानीय समयअनुसार सोमवार बिहान ५: ३० बजे अलरह सडकमा दुर्घटनामा परेको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ।

दुर्घटनामा परी बाराकी अमिसा मोक्तान तामाङ, झापाकी कृष्णकुमारी अधिकारी र प्युठानकी भावना कुँवरको मृत्यु भएको राजदूतावासले पुष्टि गरेको छ।

बसमा सवारमध्ये १८ जना नेपाली रहेका थिए। उनीहरु सबै जना मोडर्न बिल्डिङ मेन्टेनेन्स कम्पनीका कामदार भएको बताइएको छ।

घाइतेहरुलाई भेट्न अबुधाबीको मफ्रक र अन्य अस्पतालमा राजदूत कृष्णप्रसाद ढकालसहित दूतावासका उच्च अधिकारीहरु पुगेका थिए। दुर्घटनामा परी ६ जनाको मृत्यु भएको र अन्य घाइते भएका छन्। मृत्यु हुनेमा श्रीलंका र पाकिस्तानी नागरिक पनि रहेका छन्। रोकिराखेको लरीलाई ठोक्किएर भएको दुर्घटनामा परी पाकिस्तानी चालककोसमेत मृत्यु भएको गल्फ न्युजले जनाएको छ।

गल्फ न्युजले बस ठोक्किएको फुटेजसमेत सार्वजनिक गरेको छ।

अबुधाबीमा १८ नेपाली सवार मिनीबस दुर्घटना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell