PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘हामी नबिर्सौँ’ : टुँडिखेलको महत्व उजागर गर्न फोटो प्रदर्शनी

‘हामी नबिर्सौँ’ : टुँडिखेलको महत्व उजागर गर्न फोटो प्रदर्शनी


‘अक्कुपाई टुँडिखेल’ अभियानको ११ औं सप्ताहमा फोटो प्रदर्शनी गरिएको छ।

अतिक्रमणको चपेटामा परेको टुँडिखेलको संरक्षण र खुल्ला क्षेत्रको महत्व उजागर गर्ने उद्देश्यसहित शुरु गरिएको अभियानको ११ हप्तामा फोटो प्रदर्शनी गरिएको हो। शनिवार टुँडिखेल क्षेत्रमा ‘हामी नबिर्सौँ’ नाम दिएर फोटो प्रदर्शनी गरिएको छ।

अभियानले गतहप्ता खुल्लामञ्चभित्र बसपार्क निधेष गरिएको सूचना टाँस गरेको थियो। काठमाडौं ६ बाट निर्वाचित कांग्रेस सांसद भीमसेनदास प्रधानले बसपार्क निषेधको ब्यानर राखेको भएपनि सम्बन्धित निकायले उठाएर लगेको बताए। खुलामञ्चलाई अतिक्रमण मुक्त गर्न गुठी विधेयकको विरोधमा जस्तै जनताहरु सडकमा ओर्लिए सरकारलाई गाह्रो हुने भन्दै उनले ध्यानाकर्षण गराए।

प्रदर्शनीमा ‘ऐतिहासिक महत्व’, ‘विपद्को साथी’, ‘साँघुरिदो खुला ठाउँ-पहिले र अहिले’, ‘खुला ठाउँको महत्व’, ‘निस्सासिएको शहर’ र ‘आहा! क्या राम्रो काठमाडौं’ जस्ता विषयहरु समेटिएका थिए।

साँस्कृतिक र राजनीतिक महत्व बोकेको टुँडिखेलमा बसपार्क, अनाधिकृत पसल सञ्चालनमा आएका छन्। भवन बनाउने सामान र कामदार बस्ने ठाउँ तथा ढलान गर्ने कार्यले टुँडिखेल मासिँदै गएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell