PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चीनमा कोरोना भाइरसको असर : मृतकको संख्या ३ पुग्यो, १ सय ३९ जना थप संक्रमित



चीनमा कोरोना भाइरसको असर : मृतकको संख्या ३ पुग्यो, १ सय ३९ जना थप संक्रमित
फोटो : AFP/Noel Celis

चीनमा नयाँ प्रकारको कोरोना भाइरसको असरका कारण मृत्यु हुनेको संख्या ३ जना पुगेको छ। मृत्युहुनेहरुलाई निमोनीय लागेको थियो। यस्त्रै यस भाइरससँग सम्बन्धित १ सय ३९ नयाँ केसहरु समेत अस्पतालमा आएको बताइएको छ। बेलायती वैज्ञानिकहरुले भने यस भाइरसको असर एक हजार भन्दा धेरै व्यक्तिहरुलाई भएको हुनसक्ने दाबी गर्दै आएका छन्।

चीनको बुहान प्रान्तमा मात्रै देखिएको उक्त भाइरसको असर हाल बेइजिङसम्म पुगेको सीएनएले जनाएको छ। अधिकारीहरुका अनुसार बेइजिङबाट बुहान प्रान्त गएका दुई व्यक्तिलाई निमोनिया देखिएको थियो।

चीनका स्वास्थ्यकर्मीहरुले यस भाइरसलाई फैलिनबाट रोक्न अझै सकिने बताउँदै आएका छन्। तर नयाँ प्रकारको भाइरस भएका कारण चिकित्सकहरुले यसलाई नियन्त्रण गर्न अझै केही समय लाग्ने बताउँदै आएका छन्।

 कोरोना भाइरसका कारण मानिसहरुमा निमोनियाको संक्रमण फैलिँदै गर्दा विश्वभर सावधानी अपनाइएको छ।  चीनमा यस भाइरसको प्रभाव बढ्दै गएकाले अधिकांश अन्तर्राष्ट्रिय विमानस्थलहरुमा चीन हुँदै आउने यात्रुहरुको स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ। सिंगापुर र हङकङका विमानस्थलहरुमा चीनबाट आउने यात्रुहरुको स्क्रिनिङ गर्न सुरु भएको छ। यस्तै, अमेरिका , बेलायत, भारतलगायतका राष्ट्रहरुमा पनि चीनबाट आउने यात्रुहरुको स्क्रिनिङ गर्न सुरु गरेको छ।

चीन बाहिर समेत यस भाइरसको प्रभाव देखिएपछि सावधानी अपनाइएको हो। थाइल्यान्डमा दुई जना, जापान र दक्षिण कोरियामा एक-एक जना यस भाइरसबाट संक्रिमत भएको छन्। चार मध्ये दुईजना व्यक्तस चीनको बुहान प्रान्त घुमेर फर्किएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell