PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

लन्डनमा चक्कु आक्रमण, ३ जनाको मृत्यु



लन्डनमा चक्कु आक्रमण, ३ जनाको मृत्यु
फोटो : PA MEDIA

लन्डनको उत्तरी क्षेत्रमा चक्कु आक्रमण हुँदा तीनजनाको मृत्यु भएको छ।  लन्डनको इलफोर्डस्थित इल्मस्टिड रोडमा भएको उक्त घटनामा मृत्युहुनेहरु २० देखि ३० वर्ष उमेरका भएको अधिकारीहरुले बताएका छन्।

तीनैजनाको घटनास्थलमा नै मृत्यु भएको थियो। मृतकहरुको पहिचार सार्वजनिक गरिएको छैन।

आक्रमण कसले गर्‍यो भन्ने कुरा खुलेको छैन। यस घटनासँग सम्बन्धित कसैलाई पनि हालसम्म पक्राउ नगरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell