PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सभामुखको निर्वाचन माघ १२ गते



सभामुखको निर्वाचन माघ १२ गते
संसदका ज्येष्ठ सदस्य महन्थ ठाकुर।

काठमाडौं : सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ। उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि संसदका ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्दै निर्वाचनको मिति घोषणा हुन्।

ठाकुरले उपसभामुखको राजीनामा पत्र पढेर सुनाएका थिए। उनले संसदका महासचिव मनोहर भट्टराईलाई निर्वाचनको कार्यक्रम प्रकाशित गर्न निर्देशन दिए।

संसदको अर्को बैठक माघ १२ गते ३ बजेका लागि बोलाइएको छ। यस अघि बसेको बैठकमा उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने बताएकी थिइन्।

यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएसँगै सभामुख पद रिक्त छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रबाटै सभामुखमा कसलाई बनाउने भन्ने विषयमा विवाद हुँदा र उपसभामुख शिवमाया तुमबाहाङ्फेले सभामुखमा आफ्नो पनि दाबेदारी प्रस्तुत गर्दा सभामुख चयनको प्रक्रिया लम्बिएको हो।

नेकपाले सभामुखमा अग्नि सापकोटाको नाम प्रस्ताव गरेसँगै उपसभामुखले मार्ग प्रशस्त गर्ने भन्दै आज राजीनामा दिएकी हुन्। त्यसलगत्तै सभामुख निर्वाचनको प्रक्रिया शुरु भएको छ। संसदका ज्येष्ठ सदस्य ठाकुरले सञ्चालन गरेको बैठक ३ मिनेट बसेर स्थगित भयो। समामुख चयन नहुँदासम्म ठाकुरले संसदको अध्यक्षता गर्नेछन्।

यस्तो छ सभामुख निर्वाचनको कार्यतालिका :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell