PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेकपाको ११ बुँदे आचारसंहिता : छोराछोरीलाई तँ नभनौं , जनताबीच खुल्ला किताबजस्तै बनौं



नेकपाको ११ बुँदे आचारसंहिता : छोराछोरीलाई तँ नभनौं , जनताबीच खुल्ला किताबजस्तै बनौं

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना कार्यकर्ताहरुलाई ११ बुँदे आचारसंहिता जारी गरेको छ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) द्वारा जारी विशेष परिपत्रमा  आफूले प्रयोग गरिने भाषालाई मर्यादित बनाउन आग्रह गरिएको छ। परिपत्रमा कसैलाई पनि 'तँ' नभन्न निर्देशन दिइएको छ।

'परिवारमा गाली–गलौज, झगडा, भेदभाव र छुवाछूत पूर्ण रूपले अन्त्य गर्नुपर्छ। चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी हुनुपर्छ। घरभित्र र बाहिर पनि महिलाप्रति सम्मान प्रकट गर्नुपर्ने भनिएको छ। यस्तै, परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउन र कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्न भनिएको छ।

जारी सर्कुलरमा छोरा छोरीको बिहेलाई मितव्यी बनाउनुपर्ने समेत उल्लेख गरिएको छ।

'छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ ।, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ।'

यस्तै ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पुर्याउन समेत कार्यकर्तालाई आग्रह गरिएको छ।

 'पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानुनलाई निःसर्त पालना गर्ने र कानुनबमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्छ। ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पुर्‍याएर काम गर्नुपर्छ। भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्छ।'

पार्टीका प्रत्येक सदस्यले आफ्नो दैनिकी सादा जीवन र उच्च विचारलाई प्राथमिकता दिनुपर्ने बताइएको छ। आफ्नो जीवनलाई खुला किताबजस्तै राख्ने प्रयत्न गर्नुपर्नुपर्ने उल्लेख गरिएको छ।

'प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्छ । आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, सहरबजार, स्कूल, कलेज सबै ठाउँ र संस्थानहरूमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्सोहन गर्नुपर्छ। आफ्नो जीवनलाई सधैं जनताबीच खुल्ला किताब जस्तै राख्न प्रयत्न गर्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell