PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रेमीसँग म्युजिक भिडियोमा देखिदै साम्राज्ञी



प्रेमीसँग म्युजिक भिडियोमा देखिदै साम्राज्ञी

काठमाडौं : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रेमी देवांश जंगबहादुर राणासँग म्युजिक भिडियोमा देखिने भएकी छिन्।

उनले इन्स्टाग्राममा प्रेमीसँगको तस्विर शेयर गर्दै आफूहरु एउटै म्युजिक भिडियोमा काम गरिरहेको उल्लेख गरेकी हुन्।

म्युजिक भिडियोको फस्ट लुक सार्वजनिक गर्दै उनले लेखेकी छिन् 'अनस्क्रिन जोडीको रुपमा हाम्रो पहिलो म्युजिक भिडियो। चाँडै आँदैछ, अनुमान गर्नुस त गायक को होला?'

त्यसो त 'मारुनी' र 'रातो टिका निधारमा' पछि उनले कुनै पनि फिल्म साइन गरेकी छैनन्।

साम्राज्ञी केही समय यता देवांशसँग प्रेममा छिन्। सामाजिक सञ्जालमा सक्रिय साम्राज्ञी बेला बखतमा आफ्नै तस्विरका कारण पनि आलोचित हुने गर्छिन्।

केही महिनाअघि विदा मनाउन इन्डोनेसियाको बाली पुगेकी साम्राज्ञी प्रेमी देवान्स राणासँगको तस्वीर भाइरल हुँदा निकै आलोचित भएकी थिइन्। यद्यपि, उनले बालीमा बिताएका पलहरु आफ्नो नीजि कुरा भएको भन्दै  त्यसतर्फ ध्यान नदिन आग्रह गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell