PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रदेश ५ का काँग्रेस प्रदेशसभा संसदीय दलका नेता पोखरेलको निधन



प्रदेश ५ का काँग्रेस प्रदेशसभा संसदीय दलका नेता पोखरेलको निधन

रुपन्देही : प्रदेश नं ५ प्रदेशसभाका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ। 

पोखरेलको रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खैरियास्थित आफ्नै निवासमा आज अपराह्न साढे १ बजे ८२ वर्षको उमेरमा निधन भएको हो। विगत एक वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलको  छातीमा क्यान्सरको सङ्क्रमणका कारण रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहेका पोखरेललाई  केही दिनअघि मात्रै घर लगिएको थियो।  

१९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल नेपाली काँग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभाको सदस्य बनेका थिए। उनी प्रदेशसभाकै जेष्ठ सदस्य थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell