PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

‘प्यारासाइट’लाई बेस्ट कास्ट अवार्ड, फिनिक्सलाई ‘जोकर’बाट बेस्ट एक्टर अवार्ड



‘प्यारासाइट’लाई बेस्ट कास्ट अवार्ड, फिनिक्सलाई ‘जोकर’बाट बेस्ट एक्टर अवार्ड
फोटो : NEON/TWITTER

दक्षिण कोरियाली निर्देशक बोङ जो हु निर्देशित 'प्यारासाइट' ओस्कर अवार्डका ६ विधामा मनोनित भएपछि यस फिल्मको चर्चा बढ्यो। ओस्करमा सर्वाधिक विधामा मनोनित भएको 'जोकर' लाई प्यारासाइटले टक्कर दिने अनुमान गरिएको छ। दुवै फिल्ममा मानिसमा परजीवि चरित्र हावी हुँदै गएको अवस्थालाई डार्क कमेडी थ्रिलरका रुपमा प्रस्तुत गरिएको छ।

ओस्करमा दुवैको भिडन्त पक्का छ। त्यसअघि नै 'प्यारासाइट'ले इतिहास बनाउन शुरु गरेको छ।

स्क्रिन एक्टर्स गिल्ड (साग) अवार्ड २०२० मा ‘प्यारासाइट’ले आउटस्टयान्डिङ पर्फर्मेन्स बाइ ए कास्ट अवार्ड हासिल गरेको छ। सागको २६ वर्ष इतिहासमा गरै अंग्रेजी भाषाको फिल्मले पहिलो पटक कुनै अवार्ड जितेको हो। ‘प्यारासाइट’ले ‘वान्स अपअन अ टाइम इन हलिउड’, ‘आइरिसम्यान’ जस्ता फिल्मलाई पछि पार्दै अवार्ड जितेको हो। अवार्ड जितेपछि फिल्मका अभिनेता लि सुन युनले आफूहरुलाई 'हलिउडको प्यारासाइट' जस्तै महसुस भइरहेको भन्दै ठट्टा गरेका थिए।

 

निर्देशक बोङले ओस्करमा के हुन्छ भनेर अहिले नै अनुमान गर्न नसकिने भन्दै हाललाई फिल्म सफल बाटोतर्फ बढिरहेको प्रतिक्रिया दिए। भने, 'आज जे भयो त्यो निकै महत्वपूर्ण थियो किनभने फिल्ममा काम गरेका सबैजना सम्मानित भए।'

यस्तै, ओस्करमा राम्रो प्रदर्शन गर्ने भनिएको फिल्म 'जोकर' का अभिनेता वाकिन फिनिक्सले बेस्ट एक्टरको अवार्ड जिते। जुडी गार्ल्यान्डमा अभिनय गरेकी रिना जेलवेगरले भने बेस्ट एक्ट्रेसको अवार्ड जितिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell