PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कांग्रेसले सभामुख वा उपसभामुखमध्ये कुनै एक पद दावी गर्ने



कांग्रेसले सभामुख वा उपसभामुखमध्ये कुनै एक पद दावी गर्ने

काठमाडौं : नेपाली कांग्रेसले सभामुख वा उपसभामुखमध्ये कुनै एक पदमा आफ्नो दावी हुने स्पष्ट पारेको छ।

सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा कांग्रेसले संवैधानिक प्रावधान अनुसार कुनै एक पदमा आफ्नो दावेदारी हुने प्रष्ट पारेको हो। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान अनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने प्रावधान अनुसार आफ्नो पार्टी दावेदारी हुने बताए। माघ १२ गते हुने सभामुख निर्वाचनको सन्दर्भमा पनि फरक दलको सभामुख उपसभामुख हुने संवैधानिक प्रावधान लागू हुने उनको भनाई छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग बहुमत भएका कारण उसले सभामुख र उपसभामुखमध्ये एउटा जिम्मेवारी सम्हाल्ने र नेपाली कांग्रेस प्रतिपक्षी दल र संसदको दोस्रो ठूलो दल भएका नाताले सत्तारुढ दलसँग हुने समझदारी अनुसार उम्मेद्वारी दिइने उनले बताए।

‘पार्टीको बैठक बसेर निर्णय गर्छ। स्वभाविक रुपमा नै एक पदमा हाम्रो दावी हुन्छ। निर्वाचनलाई ‘बाइकट’ गर्ने कुरा हुँदैन। प्रकृयामा सहभागी हुने हो। संविधानको प्रावधान अनुसार अगाडी बढ्ने हो,’ प्रमुख सचेतक खाँडले भने।

नेकपा सांसद कृष्णभक्त पोखरेलले सभामुखका लागि पार्टीले उम्मेद्वार बनाएका अग्नि सापाकोटा हरेक हिसाबले उपयुक्त रहेको बताए। आन्दोलनको अगुवा, विगतमा मन्त्रीको भूमिका गरिसकेको हिसाबले उनको उम्मेद्वारी उपयुक्त रहेको पोखरेलको भनाइ छ। द्वन्द्वकालिन विषयहरु उठ्ने अवस्थामा सापकोटाको मात्रै नभएर सबैका मुद्दाहरु उठ्ने उनको भनाइ थियो।

उनले भने, ‘द्वन्द्वकालिन विषयहरु उठाउने हो भने उहाँको मात्रै होइन्, सबैका कुरा उठ्छन नि। त्यसैले द्वन्द्वकालिन विषयहरु आयोगको माध्यमबाट समाधानको दिशातर्फ जानुपर्छ। उहाँ (सापकोटा) योग्य नेता हुनुहुन्छ।’

सांसद पोखरेलले शिवमाया तुम्बाहाङ्फेप्रति लक्षित गर्दै भने, ‘उपसभामुख हुने वित्तिकै सभामुखको उम्मेद्वारका लागि उपयुक्त हुन्छ भनेर सोच्नु गलत हो।’

सत्तारुढ दल नेकपाको सचिवालयले सभामुखका लागि अग्नि सापकोटालाई अगाडी सारेको छ। माघ १२ गते सभामुखको निर्वाचन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell