PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपाल भर्सेस इङ्ल्यान्ड फुटबल : यो वर्ष इङल्यान्डमा, अर्को वर्ष नेपालमा



नेपाल भर्सेस इङ्ल्यान्ड फुटबल : यो वर्ष इङल्यान्डमा, अर्को वर्ष नेपालमा
इङ्ल्यान्ड र नेपालबीच मैत्रीपूर्ण खेलका लागि सम्झौता गर्दै एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र फुटबल एसोसिएसन अन्तर्गतको नेशनल लिग सिस्टमका अध्यक्ष लरेन्स जोन्स। फोटो : एन्फा।

काठमाडौं : इङ्ल्यान्ड र नेपालबीच हुने मैत्रीपूर्ण खेलका लागि द्विपक्षिय सम्झौता भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र फुटबल एसोसिएसन अन्तर्गतको नेशनल लिग सिस्टमका अध्यक्ष लरेन्स जोन्सले सम्झौतामा हस्ताक्षर गरे।

सम्झौता अनुसार यही मे २५ मा नेपाली टोलीले एल्डसर्ट टाउनमा इङ्ल्यान्डको ‘सी’ डिभिजनको टिमसँग खेल्नेछ। उक्त स्टेडियम चेल्सी यू २१ को गृह मैदान समेत हो।  त्यस्तै सन् २०२१ मा इङ्ल्यान्डको टिम नेपाल आउनेछ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बेलायत र नेपालको २ सय ४ वर्षलामो सम्बन्ध भएको बताउँदै नेपाली फुटबल टोलीले पहिलो पटक इङ्ग्ल्यान्डमा खेल्ने अवसर पाएको बताए। उनले यी दुई खेलमा मात्र नभएर फुटबका अन्य पक्षहरुमा पनि सम्बन्ध बढाएर लैजाने बताए।

त्यस्तै लरेन्स जोन्सले नेपालसँगको खेलले इङ्ल्यान्डका युवा खेलाडीहरुलाई समेत थप आत्मविश्वास बढ्ने बताए। खेल हुने एल्डरसर्ट भएको क्षेत्र नेपालीहरु भएको क्षेत्र हो।

‘मलाई थाहा छ त्यो क्षेत्रका नेपाली समुदायहरु यो फिक्सरका लागि इन्ट्रेस्टेट छन्। यो सम्झौताले नेपाल र इङ्ल्यान्डको फुटबललाई जोडेको छ। हामी नेपाली फुटबल टिमलाई इङ्ल्यान्डमा स्वागत गर्न तयार छौं,’ उनले भने। 

सी टिमसँग खेलाउनुका पछाडि एउटै लेभलका टिमहरुबीच खेल हेर्न चाहेको जोन्सले बताए।

उनले भने, ‘हामीलाई म्याच मनपर्छ। मिसम्याच होइन। त्यसैले नेपालले खेल्ने खेलमा यही टिमले जित्न सक्छ भन्ने हुँदैन। नेपालले पनि जित्न सक्छ या इङ्ग्ल्यान्डले। तर एउटा कुरा के हो भने इङ्ल्यान्डमा हुने म्याचमा नेपाली समर्थक धेरै हुने सम्भावना रहन्छ।’

प्रतियोगितामा धेरै दर्शकहरुको उपस्थिति हुने विश्वास एफएले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell