PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोरोना भाइरसको संक्रमण फैलिँदै, चीनबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्न विमानस्थलमा हेल्थ डेक्स स्थापना



कोरोना भाइरसको संक्रमण फैलिँदै, चीनबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्न विमानस्थलमा हेल्थ डेक्स स्थापना

काठमाडौं : चीनको बुहान प्रान्तबाट फैलिएको नयाँ प्रकारको कोरोना भाइरसको असर अन्य देशमा समेत देखिएपछि नेपालमा पनि सावधानी अपनाउन शुरु गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स स्थापना गरी हाल चीनबाट आउने यात्रुहरुको स्वास्थ्य परीक्षण गर्न शुरु गरिएको छ। चीनसँगै जापान, थाइल्यान्ड र कोरीयाबाट आउने पर्यटकलाई पनि विमानस्थलमै नै स्वास्थ्य सूचना फारम भराउने र परीक्षण गर्ने गरिएको छ। विमानस्थलमा पहिलादेखि नै हेल्थ डेक्स स्थापना भएको थियो। तर अहिले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि हेल्थ डेक्सको सक्रियता बढाइएको विमानस्थल प्रशासनले जनाएको छ। 

चीनमा १७ जनाको मृत्यु हुने गरि फैलिएको कोरोना भाइरस विश्वभर फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै उक्त परीक्षण गरिएको हो।

कोरोना भाइरसको परीक्षण गर्न विमानस्थलमा हाल पाँचजनाको विशेषज्ञ टोली खटाइएको छ।  जसमा दुई चिकित्सक सहित तीन नर्स रहेका छन्।

उक्त टिमका संयोजक गोपाल पाण्डेका अनुसार हालसम्म चार देशबाट आएका नागरिकको मात्र परीक्षण गरिएको छ। तर यो अनिवार्य भने होइन। यात्रु स्वयमले परीक्षण गर्न चाहे वा विरामी जस्तो देखिएको अवस्थामा मात्रै परीक्षण गर्ने गरिएको उनले बताए।

'विश्व स्वास्थ्य संगठनले हालसम्म चीनमा फैलिएको यस भाइरसलाई लिएर आपतकालिन स्वास्थ्य अवस्था घोषणा गरिसकेको छैन। संगठनको हिजो बसेको बैठकले निर्णय नगरेकाले आज पुन बैठक बस्दै छ। स्वास्थ्य मन्त्रालयसँग हेल्प डेस्ककालागि आवश्यक उपकरणको माग हामीले गर्दैछौं।' पाण्डेले बताए।  

६ वर्षअघि विश्वभर इबोला भाइरसको संक्रमण हुँदा त्रिभुवन विमानस्थलमा थर्मल स्क्यानरबाट परीक्षण गर्न शुरु गरिएको थियो। तर, उक्त स्क्यानर भूकम्प पछि हटाइएको थियो। अहिले फेरी कोरोना भाइरस परिक्षणको लागि सो स्क्यानर जडान गरिन लागेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell