PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति



आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। अभद्र दुर्व्यवहार मुद्दामा राउतलाई म्याद थप गरी अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले जानकारी दिए।

राउतले सोमबार बिहान महानगरीय प्रहरी कार्यालय काठमाडौंमा पुगेर आत्मसमर्पण गरेकी थिइन्। प्रहरीको खोजी सूचीमा रहेकी गायिका राउतलाई परिवारले प्रहरीमा हाजिर गराएको प्रहरीको दाबी छ।

राउतविरुद्ध त्रिभुवन विमानस्थलमा कार्यरत् प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोग छ। प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध दुर्व्यवहारको उजुरी दिएकी हुन्।

सम्बन्धित समाचार :

गायिका राउत प्रहरी नियन्त्रणमा, आफन्तले नै प्रहरीमा बुझाएको प्रहरीको दावी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell