PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हिरासतमा आत्महत्या प्रयास गरेका थुनुवाको उपचारका क्रममा मृत्यु



हिरासतमा आत्महत्या प्रयास गरेका थुनुवाको उपचारका क्रममा मृत्यु
प्रतीकात्मक फोटो

काठमाडौं : हिरासतभित्र आत्महत्याको प्रयास गरेका भनिएका एक थुनुवाको मृत्यु भएको छ।

महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको हिरासतमा रहेका हेम राउतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। आइतवार राउतले हिरासतभित्रको ट्वालेटमा पासो लगाइ आत्महत्या गर्न लागेको अवस्थामा प्रहरीले देखेपछि अस्पतालमा पुर्‍याएको थियो।

तर सोमबार राति उपचारको क्रममा भेनस अस्पतालमा राउतको मृत्यु भएको महानगरीय प्रहरी बृत नयाँ बानेश्वरका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए।

आइतवार बिहान करिव साढे ५ बजेतिर ट्वाइलेटमा पासो लगाएको अवस्थामा राउतलाई प्रहरीले फेला पारेको थियो। 'ओढ्नेको साइटमा रहेको बिट च्यातेर पासो लगाएको देखिन्छ। हामीले चाँडै थाहा पाएर अस्पताल पुर्‍याएका थियौं,' डिएसपी रेग्मीले भने।

राउतलाई प्रहरीले माघ ८ गते लागू ‍औषधको विषयमा नियन्त्रणमा लिएको थियो। लागू औषध कारोबारमा समातिएका अर्का एक अभियुक्तले राउतबाट लागुऔषध किनेको बयान दिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। राउत यसअघि पनि पटक पटक चोरी केसमा पक्राउ पर्दै आएका व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ।

उनलाई लागू औषध मुद्दामा पक्राउ गरेर थुनामा राखिएको महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell