PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘हेरिटेज पेजेन्ट्स-२०२०’ का लागि आवेदन खुला



‘हेरिटेज पेजेन्ट्स-२०२०’ का लागि आवेदन खुला

काठमाडौं : अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्ट्स’को नयाँ संस्करण शुरु भएको छ। आयोजक ई-प्लानेट प्रालिले मंगलवार एक विज्ञप्ति जारी गर्दै ‘हेरिटेज पेजेन्ट्स-२०२०’को आवेदन खुला भएको जनाएको छ।

सौन्दर्य प्रतियोगितामार्फत युनेस्कोको सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको छ। प्रतियोगिताका सहभागी र विजेताको दायित्व सम्बन्धित मुलकका साथै विश्वका कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ।

यस पटकको ‘हेरिटेज पेजेन्ट्स’ अन्तर्गत मिस हेरिटेज इन्टरनेसनल र मिसेस हेरिटेज इन्टरनेसनल को दुई उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। नेपाललगायत विश्वका ४० मुलुकका पचास प्रतिस्पर्धीहरुको सहभागिता रहने प्रतियोगीता यो वर्ष मलेसियामा ११ देखि २० अप्रिलसम्म आयोजना हुनेछ। प्रतियोगिताको फाइनल प्रतिस्पर्धा १८ अप्रिलमा एक भब्य समारोहका बीच आयोजना हुनेछ। 

प्रतियोगितामा सहभागी हुन मिसतर्फ १८ देखि २७ र मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर हद तोकिएको आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताए।

सिंगापुरका सुसान कोहको संयोजन रहने प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी एवं इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहने छन्। बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको पनि प्रतियोगितामा कोरियोग्राफी रहने आयोजकले जनाएको छ।

ई-प्लानेट प्रालिले ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवर्द्धन र सम्वर्द्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ‘मिस हेरिटेज इन्टरनेसल’ २०१४ मा थालनी गरेको थियो। ‘हेरिटेज् पेजेन्ट्स २०२०’ त्यसैको निरन्तरता हो।

नेपाल लगायत भारत, बंगलादेश, थाइल्याण्ड, म्यानमार, सिंगापुर, सियरालियन, जिम्बावे, जाम्बिया, उगाण्डा, रसिया र बेलारुस गरी १२ राष्ट्रका सुन्दरीहरुको सहभागिताबाट शुरु भएको यो प्रतियोगिताको अधिल्लो श्रृखलामा ४० देशको सहभागिता थियो।

‘मिस हेरिटेज इन्टरनेसनल’को पहिलो संस्करण नेपालमा, दोस्रो भारतको नयाँदिल्ली, तेस्रो श्रीलंकामा, चौथौं र पाँचौ सिंगापुरमा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell