PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जावलाखेललाई हराउँदै आर्मी पुनः शीर्षस्थानमा



जावलाखेललाई हराउँदै आर्मी पुनः शीर्षस्थानमा
जावलाखेल युथ क्लबविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास। फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा जावलाखेल युथ क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा जावलाखेलमाथि १-० को जित निकाल्दै आर्मी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो।

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने आर्मीका कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। उनले खेलको ७५ औँ मिनेटमा गोल गरे। त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा खवासको गोल नै निर्णायक बन्न पुग्यो।

जितसँगै शीर्ष स्थानमा उक्लिएको आर्मीको २० अंक भएको छ। मछिन्द्र क्लब १९ अंकसहित उसलाई पछ्याइ रहेको छ। त्यस्तै एक खेल कम खेलेको मनाङ मर्स्याङ्दी क्लब १६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

आजै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबलाई ४-३ ले हराउँदै सरस्वती युथ क्लबले जारी सिजन पहिलो जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell