PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेकपाको केन्द्रीय कमिटी भोलिबाट राष्ट्रिय सभागृहमा, शुरुमा ओलीले सम्बोधन गर्ने



नेकपाको केन्द्रीय कमिटी भोलिबाट राष्ट्रिय सभागृहमा, शुरुमा ओलीले सम्बोधन गर्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय कमिटीको बैठक भोलिबाट राष्ट्रिय सभा गृहमा शुरु हुँदैछ। बैठक ११ बजेबाट राष्ट्रिय सभा गृहमा सुरु हुनेछ।

आज बसेको पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डासमेत तय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले केन्द्रीय कमिटीको एजेन्डा तय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।  

उद्घाटनपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले मन्तव्य राख्ने, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने, महासचिव विष्णु पौडेलले सांगठनिक तथा विधान संशोधनको प्रस्ताव पेश गर्ने, सातै प्रदेशका अध्यक्षले सांगठनिक रिपोर्ट पेश गर्ने,समसामयिक प्रस्ताव राख्ने तालिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell