PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

लिपुलेक हाम्रो हो, नक्सा सच्याउन भारतलाई पत्रचार गरिसकेका छौं : प्रधानमन्त्री ओली



लिपुलेक हाम्रो हो, नक्सा सच्याउन भारतलाई पत्रचार गरिसकेका छौं : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारतले जारी गरेको नक्सा तुरुन्त सच्याउन पत्रचार गरिसकेको दाबी गरेका छन्। आज राष्ट्रिय सभागृहमा शुरु भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले उक्त दाबी गरेका हुन्।

सरकार देशभक्त र राष्ट्रवादी सरकार भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, 'नयाँ राजनीतिक नक्सा तुरुन्त सच्याउन पत्रचार गरेको छ। लिम्पियाधुरा हाम्रो हो भनेर पत्रचार गरेको हाम्रै सरकारले हो। लिपुलेक, कालापानी तथ्यप्रमाणका आधारमा हाम्रो नै देखाउँछ।'

यसबारेमा संसदमा आफूले थप कुरा गर्ने ओलीले बताए। प्रधामन्त्री ओलीले मंगलबार सदनलाई सम्बोधन गर्ने क्रममा केही दिनमै आफूले संसदमा समसमायिक विषयमा सम्बोधन गर्ने बताएका थिए। सीमा समस्या समाधानका लागि सरकार अहिले लागिपरेको उनको दाबी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell