PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

६ महिनामा ३ हजार ८ सय टिपर चालक प्रहरी कारवाहीमा



६ महिनामा ३ हजार ८ सय टिपर चालक प्रहरी कारवाहीमा
फाइल फोटो

काठमाडौं : चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक प्रहरीले ३ हजार ८ सय ४१ टिपर चालकलाई कारबाही गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतवार पत्रकार सम्मेलन गर्दै गत साउनदेखि ३ हजार ८ सय ४१ टिपर चालकलाई कारबाही गरेको जानकारी दिएको हो। झल्लर र फोकस लाइटको प्रयोग गर्ने र ओभरलोड बोक्ने, गिब्र गतिमा चलाउने चालकलाई कारबाही गरिएको महाशाखा एसएसपी भिम ढकालले जानकारी दिए। त्यस्तै पाँच हजार भन्दा बढी टिपरमा नम्बर प्लेट स्पष्ट देखिने गरी राख्न लगाइएको एसएसपी ढकालले बताए।

त्यस्तै दुर्घटना न्यूनिकरण गर्न सिसिटिभीबाट निगरानी गरिनुका साथै ट्राफिक लाइट जडान गर्ने कार्य भइरहेको एसएसपी ढकालले बताएका छन्। 'विगत नौ वर्षदेखि बिग्रेर रहेका उपत्यकाका १७ स्थानमा मात्र ट्राफिक लाइट सञ्चालनमा ल्याइसकेका छौं। अन्य स्थानमा चाँडै सञ्चालनमा आउने छ।'

महाशाखाका अनुसार गत वर्षभन्दा यस वर्ष सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या घटेको दावी गरेको छ। गत वर्ष सवारी दुर्घटनामा २५४ जनाको मृत्यु भएकोमा चालु आर्थिक वर्षको ६ महिनामा १०४ जनाको मृत्यु भएको छ।

चोरी भएका मोटरसाइकल धनीलाई

महाशाखाले उपत्यका भित्रबाट सवारी चोरी भएका सवारी साधन भेटाएर सम्बन्धित सवारी धनीलाई बुझाएको छ। प्रहरीले ६ महिनाको अवधिमा २८५ मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको हो। त्यस्तै चोरीमा संलग्न ३० जनालाई कारवाही गरेको एसएसपी ढकालले जानकारी दिए। आइतवार मात्र प्रहरीले २५ वटा मोटरसाइकल सवारी धनीलाई बुझाएको हो।

ट्राफिकको उज्यालो अभियान

पुष १ गतेदखि महाशाखाले ट्राफिक उज्यालो अभियानमा ८१ हजार २८९ जनालाई सचेतना कक्षा लिएको जानकारी दिएको छ। सचेतना प्राप्त गर्नेमा ४५ हजार १४७ जना पैदलयात्री, १५ हजार ६४८ मोटरसाइकल चालक, ६१२ जना निजि सवारी चालक रहेका छन्। त्यस्तै सार्वजनिक भाडाका सवारी चालक र सहचालक ११ हजार ८०३ जना, ९ सय जना संघसंस्थाका र ७ हजार १ सय चार जना विद्यार्थी र ५७ जना सरकारी सवारी चालक रहेका छन्।

पुष १ गतेदेखि नै नियम उल्लंघन गर्ने सवारी चालकका लागि तीन महिने विशेष मोवाइल कारवाही पनि शुरु गरिएको छ। जसमा हालसम्म पैदलयात्री आवतजावतमा अवरोध हुने गरी पार्किङ गर्ने ४ हजार २१८, जथाभावी मोड्ने १ हजार ८०, ढोका खुल्ला गर्ने ३ हजार ८ सय ६ सवारी चालक कारवाहीमा परिसकेका छन्।

त्यस्तै जथाभावी हर्न बजाउने, अनुशासन पालना नगर्ने एकतर्फी (वान वे) मा चलाउने र जथाभावी पिक एण्ड ड्रप गर्ने लगायतका २० हजार ४ सय ३३ सवारी चालकहरुलाई समेत ट्राफिक प्रहरीले कारवाही गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell