PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सरकार विरुद्ध प्रदर्शन गर्न पाउनु नागरिकको अधिकार भएको इस्लामावाद अदालतको ठहर, भन्यो, 'यो पाकिस्तान हो, भारत होइन'



सरकार विरुद्ध प्रदर्शन गर्न पाउनु नागरिकको अधिकार भएको इस्लामावाद अदालतको ठहर, भन्यो, 'यो पाकिस्तान हो, भारत होइन'
PHOTO : Naseer Ahmed/Reuters

पाकिस्तानको इस्लामावाद स्थित उच्च अदालतले देशद्रोह र आतंकवादको मुद्दाको सुनुवाईका क्रममा भारतको नाम लिएको दाबी भारतीय मिडियाहरुले गरेका छन्।

अवामी वर्कस पार्टी र पस्तुन तहाफुज मुभमेन्टका कार्यकताहरुलाई प्रहरीले जनवरी २८ मा पक्राउ गरेको थियो। जनवरी २७ मा पाकिस्तानका मानव अधिकारवादी नेता मनजुर पस्तिनलाई प्रहरीले पक्राउ गरेको विरोधमा उनीहरु आन्दोलनमा उत्रेका थिए। विरोध प्रदशर्नमा करिब १० हजार मानिस सहभागी भएको बताइन्छ।

पस्तिनले पाकिस्तानी सेनाले मानव अधिकार उल्लंघन गरेको आरोप लगाएका थिए। त्यसपछि सरकारले उनी विरुद्ध देशद्रोहको मुद्दा चलाइएको थियो। उनको रिहाईको माग गर्दै प्रदर्शनमा गरेकाहरुमाथि पनि देशद्रोह र आतंकवादको मुद्दा चलाइएको थियो।

तर अदालतमा सरकारले उनीहरु विरुद्ध लगाएको देशद्रोहको मुद्दा फिर्ता लिएको थियो।

अदालतले प्रदर्शनकारीहरुलाई जमानतमा रिहा गर्न निर्देशन दिएको थियो। मुद्दाको सुनुवाई गरेका इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीश अर्थर मिनअल्लाहले फैसला सुनाउँदै प्रजातान्त्रिक सरकारले वाक स्वतन्त्रता हनन गर्ने कुरा मान्य नहुने टिप्पणी गरेका हुन्। वाक स्वतन्त्रतामाथि जनताले चुनेर पठाएको सरकारले प्रतिबन्ध लगाउन पाउँदैन भन्दै उनले सरकार आलोचनाबाट डराउनु नहुने बताए।

भने,'अदालतले जनताको संवैधानिक अधिकारको रक्षा गर्छ। यो पाकिस्तान हो भारत होइन।'

मिनअल्लाहले भारतमा नरेन्द्र मोदी सरकारको नीति विरुद्ध प्रदर्शनमा उत्रेका युवा प्रदर्शनकारीहरुलाई पक्राउ गर्दै देशद्रोहको मुद्दा चलाएको विषयलाई उदाहरणका रुपमा प्रस्तुत गरेको हुन सक्ने बताइएको छ।

मिनअल्लाहले फैसलामा थप भनेका छन्,' तपाईहरु प्रदर्शन गर्न चाहनु हुन्छ भने प्रहरीसँग अनुमति लिनुस्। प्रहरीबाट अनुमती पाइएन भने अदालत छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell