PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

बालुवाटार प्रकरणबारे गगन थापाले सुनाए अख्तियार पुराण, 'गोकुल धाममा गएर खड्ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु'



बालुवाटार प्रकरणबारे गगन थापाले सुनाए अख्तियार पुराण, 'गोकुल धाममा गएर खड्ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु'

काठमाडौं : काँग्रेस सांसद गगन थापाले मंगलवारको बैठकमा अख्तियार पुराण सुनाएका छन्। आज शुन्य समयमा थापाले बालुवाटार जग्गा प्रकरणको कटाक्ष गर्दै अख्तियार पुराण सुनाएका हुन्।

थापाले भने, 'कुमारजी आज्ञा गर्नुहुन्छ। हे विष्णुमणि अब उपरान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाह नहुने गरी किन्नु। थाह पाइहाले होइन होइन भन्नु।
चित्त बुझाउन नसकेर अप्ठेरो परे हत्तपत्त चोरीको सामान फिर्ता गराउनु र दुई पटक विष्णु विष्णु भन्नु।'

यति गर्दा पनि लोकले चित्त नबुझाए गोकुल धाममा गएर खड्का उचाल्नसमेत उनले आग्रह गरे। भने, 'लोकले चित्त नबुझाए गोकुल धाममा गएर खड्ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्नेछैनन्। इतिश्री अख्तियार पुराने कुमार विष्णु सम्वादे। श्री स्वस्थानी व्रत कथाए बालुवाटार प्रकरण वर्णनम प्रथम अध्याय।'

बालुवाटार जग्गा प्रकरणमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएकोमा काँग्रेसले विरोध जनाउँदै आएको छ। यता काँग्रेस उपसभापति विजय गच्छदारको भने यही प्रकरणमा संसद पद निलम्बनमा परिसकेको छ। गच्छदार मुद्दा फेस गर्ने तयारीमा अघि बढिसकेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell