PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बक्स अफिसमा कमजोर देखियो कार्तिक र साराको ‘लभ आजकल’



बक्स अफिसमा कमजोर देखियो कार्तिक र साराको ‘लभ आजकल’
फोटो : हिन्दुस्तान टाइम्स

बलिउड अभिनेत्री सारा अली खान र अभिनेता कार्तिक आर्यन स्टारर फिल्म 'लभ आजकल' गत शुक्रबारदेखि प्रदर्शनमा आएको छ।

'भ्यालेन्टाइन डे' देखि प्रदर्शनमा आएको यस फिल्मले दर्शक तथा समिक्षकको मिश्रित प्रतिक्रिया पाएको छ। इम्तियाज अली निर्देशित लभ आजकलले पहिलो दिनमा १२ करोड ४० लाख कमाइ गर्दै आक्रमक ओपनिङ गरेको थियो। तर दोस्रो दिनदेखि फिल्मको व्यापारमा कमजोर बन्दै गएको भारतीय मिडियाको दाबी छ। 

दोस्रो दिन शनिबार ८ करोड १ लाख कमाइ गरेको यस फिल्मले तेस्रो दिन ८ करोड १० लाख मात्रै कमाउन सक्यो। भारतीय ट्रेण्डएनालिष्ट तरण आदर्शका अनुसार सोमबार फिल्मले २ करोड ७५ लाख मात्रै कलेक्सन गरेको छ।

लभ आजकल सन् २००९ मा रिलिज भएको सैफ अली खान र दीपिका पादुकोण अभिनित फिल्म लभ आजकलको सिक्वेल हो। यहि फिल्मको सिक्वेल भएकै कारण पनि यस फिल्मको चर्चामा थियो। तर फिल्म रिलिज अघि लभ आजकलको जति चर्चा भयो, फिल्म रिलिज पछि त्यति चर्चा भएन्।

तर पनि दर्शकले सारा र कार्तिकको जोडीलाई भने रुचाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell