PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

उर्जामन्त्रीलाई रंगमतीको प्रश्न : हुम्लामा मार्सी फलाउने योजना के छ?



उर्जामन्त्रीलाई रंगमतीको प्रश्न : हुम्लामा मार्सी फलाउने योजना के छ?
फाइल फोटो

काठमाडौं : प्रतिनिधि सभाको वैठकको प्रश्नोतरको समयमा सांसद् रंगमती शाहीले हुम्लामा मार्सी फलाउन नसकिएको बताएकी छन्।

उर्जा जलश्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनलाइ प्रश्न गर्दै शाहीले सिचाइका लागि हुम्लामा गएको बजेट मन्त्रीका कार्यकर्ताका खल्तीमा दाबी गरिन्।

उनले संसदमा बोल्दै भनिन्, 'हुम्लामा गएको बजेट तपाइको कार्यकर्ताको खल्तीमा गएको छ जमिनमा सिचाइ पुगेको छैन। जनता पाँच किलो चामलका लागि खाद्य संस्थानको ढोकामै छन्। मार्सी फलाउन सकिएको छैन। के छ मार्सी फलाउने योजना?'

मन्त्री पुनले ९० प्रतिशत क्षेत्रमा सिचाइ पुर्‍याउने सरकारको योजनाअनुसार सिचाइ पुर्‍याउने योजना अनुसार पुर्‍याउन लागिएको बताए। तर, उनले मार्सी फलाउने योजना कृषि मन्त्रालयको भन्दै प्रश्नको उत्तर दिएनन्।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell