PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सरकार र त्रिवि लाचार बन्दा स्ववियु निर्वाचन अन्योलमा : नेविसंघ महामन्त्री तिमल्सिना



सरकार र त्रिवि लाचार बन्दा स्ववियु निर्वाचन अन्योलमा : नेविसंघ महामन्त्री तिमल्सिना

काठमाडौं : नेपाल विद्यार्थी संघका महामन्त्री वलदेव तिमल्सिनाले सरकार र त्रिभुवन विश्वविद्यालय लाचार बन्दा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्योलमा परेको आरोप लगाएका छन्।

काठमाडौंको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पस को २९ औं वषि‌कोत्सव समारोहमा महामन्त्री तिमल्सिनाले यस्तो आरोप लगाएका हुन्।

कार्यक्रममा उनले भने, 'स्ववियु निर्वाचन नहुँदा विद्यार्थीलाई नीति निर्माण तहमा प्रतिनिधिविहीन बनाइयो र नेतृत्व विकास अवरुद्ध भएको छ। यो सरकार र त्रिवि लाचार हुँदा यस्तो भएको हो। सरकार आफै चुनाव टार्न खोज्दैछ।'

नेपाल कम्युनिस्ट पार्टीको सरकार जननिर्वाचित संस्थालाई विघटन गर्ने बाटोमा लागेको आरोपसमेत उनको थियो। 'सरकारलाईआफुविरुद्धको जनमत प्रतिबिम्बित हुने डर छ। त्यसैले नेकपा जननिर्वाचित संस्थालाई निकम्मा र विघटन गर्ने बाटोमा लागेको छ,' तिमल्सिनाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell