PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोरोना संक्रमणमा परेका बाआमा स्याहार्दा चिनियाँ फिल्म निर्देशकको मृत्यु, बाआमालाई पनि सकेनन् बचाउन



कोरोना संक्रमणमा परेका बाआमा स्याहार्दा चिनियाँ फिल्म निर्देशकको मृत्यु, बाआमालाई पनि सकेनन् बचाउन
फोटो : todayonline.com

नोवेल कोरोना भाइरस संक्रमणबाट चीनको वुहानमा एक चिनियाँ फिल्म निर्देशकको मृत्यु भएको छ।

५५ वर्षे चाङ खाइको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यो संक्रमणबाट उनको परिवारका अन्य तीन जनाको पनि मृत्यु भएको छ। यसअघि खाइको बुवा र आमाको भएको थियो।

चाङ र उनको बहिनी जसले घरमा आमाबुवाको हेरचाह गरे, दुबै भाइरसबाट संक्रमित थिए। भाइरसबाट संक्रमित भएको केही घण्टापछि उनको बहिनीको पनि निधन भएको थियो। खाइको श्रीमती पनि कोरोना संक्रमित छिन्।

निर्देशक चाङले मृत्युअघि लेखेको पत्र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

पत्रमा उनले लेखेका छन् 'मेरो बुवालाई ज्वरो, खोकी र सास फेर्न समस्या भएको थियो। हामीले उहाँलाई अस्पताल लाने प्रयास गरेका थियौ तर कुनै पनि अस्पतालले उहाँको भर्ना लिएन। किनकी कुनै अस्पतालमा पनि बिरामी राख्ने बेड खाली थिएन।'

अस्पतालले भर्ना नलिएपछि उनले बुवालाई घरमै राखेर हेरचाह गरिरहेका थिए। त्यसको केही दिनपछि उनको बुवाको मृत्यु भयो। पछिल्लो समय वुहानमा कोरोना

संक्रमितको संख्या बढेपछि त्यहाँ ६ दिनमै नयाँ अस्पताल निर्माण गरिएको थियो। चाङ सन् १९८९ मा फोटोग्राफी अध्ययन गर्न वुहान विश्व विद्यालय पत्रकारिता संकायमा भर्ना भएका थिए। त्यसपछि उनी हुबेई फिल्म स्टुडियोबमा पनि सामेल थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell