PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फागुन १४ का लागि तोकिएको स्ववियु निर्वाचन स्थगित



फागुन १४ का लागि तोकिएको स्ववियु निर्वाचन स्थगित

काठमाडौं :  फागुन १४ गते गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु) को निर्वाचन स्थगित भएको छ। त्रिभुवन विश्वविद्यालको सोमबार बसेको कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन स्थगित गरेको हो।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद शाखाका कार्यकारी निर्देशक गंगाबहादुर मगरले अर्को मिति घोषणा नगरुन्जेलसम्मका लागि निर्वाचन स्थगित भएको जानकारी दिएका हुन्।

उनले मंगलबार उपकुलपतिको कार्यालय, शिक्षा अध्यक्षको कार्यालय र रजिष्ट्रारको कार्यालयलाई बोधार्थ दिएर क्याम्पसलाई पठाएको पत्रमा निर्वाचन स्थगित भएको उल्लेख गरेका छन्।

त्रिविले स्ववियु निर्वाचन फागुन १४ गतेका लागि तोकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell