PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

‘असई बनाइदिन्छु’ भन्दै डेढ लाख ठगी गर्ने एक जना पक्राउ



‘असई बनाइदिन्छु’ भन्दै डेढ लाख ठगी गर्ने एक जना पक्राउ

झापा : ‘प्रहरीको असईमा जागीर लगाइदिन्छु’ भन्दै नगद ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-३ भुल्के बस्ने २२ वर्षीय विजय वाग्ले रहेका छन्।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले वाग्लेलाई झापा मेचीनगर नगरपालिका-६ बाट पक्राउ गरेको हो। वाग्लेले प्रहरीको नक्कली परिचयपत्र देखाइ सोलुखुम्बु र खोटाङका २ जनालाई केही समय अगाडिदेखि नै ‘प्रहरीको असईमा जागिर लगाईदिन्छु’ भन्दै दुवै जनाबाट गरी १ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

वाग्लेलाई ठगी र सरकारी कागज किर्ते मुद्धामा जिल्ला अदालत झापाको अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell