PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दुई लाख घुससहित नगरपालिकाका टेक्निसियन अख्तियारको फन्दामा



दुई लाख घुससहित नगरपालिकाका टेक्निसियन अख्तियारको फन्दामा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नगरपालिकाका एक टेक्निसियनलाई पक्राउ गरेको छ।

आयोगको टोलीले भेरीगंगा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन चित्र बहादुर केसीलाई दुई लाख घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

नगरपालिकाको वडा नम्बर ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको प्रवक्ता कोइरालाले बताए।

उनका अनुसार घुस मागेको सूचनाका आधारमा आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले घुस लिइसकेको अवस्थामा भेरीगंगा नगरपालिका-१० मदानीचौरस्थित उन्नती टोलबाट बिहीवार पक्राउ गरेको हो। टेक्निसियन केसीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell