PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बेलायती सेनाध्यक्ष सात दिने भ्रमण पूरा गरी स्वदेश फिर्ता



बेलायती सेनाध्यक्ष सात दिने भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौं : गत फाल्गुन ३ गते नेपालको सात दिने औपचारिक भ्रमणको लागी नेपाल आएका संयुक्त अधिराज्य बेलायतका सेनाध्यक्ष मार्क कार्लेटन स्मिथ स्वदेश फिर्ता भएका छन्। सेनाध्यक्ष मार्क शुक्रवार स्वदेश फिर्ता भएका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी गौरव तण्डुलले बिदाइ गरे। नेपाल भ्रमणका दौरान सेनाध्यक्ष मार्कले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका थिए। उनले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र तथा केही पर्यटकीय स्थलहरुको समेत भ्रमण गरेका थिए।

उनको उपस्थितिमा शुक्रवार काठमाडौंस्थित बसन्तपुर दरबार स्क्वायरमा नेपाली सेनाको सैनिक ब्याण्ड, बेलायती सेनाको द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज्, सशस्त्र प्रहरी बल नेपाल ब्याण्ड, नेपाल प्रहरी ब्याण्ड तथा काठमाडौं जिल्लाका स्थानीय संस्कृति झल्कने संयुक्त सांगीतिक ब्याण्ड प्रदर्शन २०७६ को समेत आयोजना भएको थियो।

नेपाल र मित्रराष्ट्र बेलायतबीच सदीऔँदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको छ। यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्यत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell