PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दक्षिण कोरियामा कोरोनाको कहर : एकै दिन भाइरस संक्रमितको संख्या दोब्बर बढ्यो



दक्षिण कोरियामा कोरोनाको कहर : एकै दिन भाइरस संक्रमितको संख्या दोब्बर बढ्यो
Photo: AFP/Jung Yeon-Je

चीनको वुहानबाट फैलिएको कोभिड १९ (कोराना भाइरस) को संक्रमण दक्षिण कोरियामा बढ्दै गएको छ। एकै दिन भाइरस संक्रमितहरुको संख्या दोब्बर वृद्धि भएको बीबीसीले जनाएको छ।

शुक्रवार २ सय २९ जनामा देखिएको संक्रमण शनिवार बढेर ४ सय ३३ जनामा देखिएको छ।

चीनमा मात्रै यस भाइरसबाट २ हजार ३ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजार भन्दा बढी भाइरसबाट संक्रमित छन्। चीन बाहिर फिलिपिन्स, दक्षिण कोरिया र जापानमा यस भाइरसबाट संक्रमित पाँच जनाको मृत्यु भइसकेको छ भने एक हजार दुई सय जना संक्रमित भएका छन्।

अरु राष्ट्रहरुमा भन्दा दक्षिण कोरियामा यस भाइरसबाट संक्रमित हुनेको संख्या धेरै देखिएको हो। दक्षिण कोरियाली उप स्वास्थ्य मन्त्री किम गाङ लिपले कोरोना आउटब्रेक नयाँ परिस्थितिमा पुगेको प्रतिक्रिया दिएका छन्।

धेरैजसो संक्रमणका घटना डेग्यु शहरका अस्पताल र धार्मिक समुदायमा देखिएको बताइएको छ। उक्त क्षेत्रलाई 'स्पेशल केयर जोन' घोषणा गरि प्रकोप नियन्त्रणको प्रयास भइरहेको छ। सिनचेवन्जी समुदायका ९ हजार ३ सयभन्दा धेरै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ। ती मध्ये ५०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  

 दक्षिण कोरियामा यस भाइरसबाट संक्रमित दुई जनाको मृत्यु भइसकेको छ। मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell