PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

हलिउड निर्माता हार्वी वाइन्स्टाइन यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर



हलिउड निर्माता हार्वी वाइन्स्टाइन यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
Photo: deadline.com

हलिउड निर्माता हार्वी वाइन्स्टाइन यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर भएका छन्। उनीविरुद्ध ८० बढी महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए।

६७ वर्षीय वाइन्स्टाइनलाई अदालतले ‘थर्ड डिग्री रेप’ र ‘फर्स्ट डिग्री’ आपराधिक यौन कार्यमा दोषी ठहर गरेको हो। उनलाई पच्चीस वर्षसम्म जेलको सजाय हुन सक्ने हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ

यसअघि सन् २०१३ सालमा लस एन्जलसमा पनि उनलाई बलात्कार र यौन हिंसाको आरोप लागेको थियो। जसमा हलिउड अभिनेत्री ग्वेनेथ पाल्त्रो, उमा थुरम्यान र सल्मा हायेकलगायतले उनलाई यौन शोषणको आरोप लगाएका थिए। दशकौँपछि महिलाहरुले मिटु अन्तर्गत यौन शोषणविरुद्ध आवाज उठाएका हुन्।

त्यसो त हार्वी वाइन्स्टाइन हलिउडका चर्चित निर्माता मध्ये एक हुन्। उनले ‘ड विल हन्टिङ’, ‘शेक्सपियर इन लभ’ लगायतका थुप्रै फिल्महरु निर्माण गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell