PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विवाहको लागि सिंगारिँदै प्रियंका : लगाइन् आयुष्मानको नामको मेहेन्दी



विवाहको लागि सिंगारिँदै प्रियंका : लगाइन् आयुष्मानको नामको मेहेन्दी

काठमाडौं : अभिनेत्री प्रियंका कार्कीले अभिनेता आयुष्मान देशराज जोशीको नामको मेहेन्दी लगाएकी छन्। आज भएको मेहेन्दी सेरेमोनीका तस्विरहरु सामाजिक सञ्जालमा देखिएका छन्।

सार्वजनिक तस्विरमा उनी हरियो रङको लेहेङ्गामा सजिएकी छिन्। त्यसो त मेहेन्दी सेरेमोनी सकिएपछि उनीहरु आजै बेलुका संगीत कार्यक्रममा सहभागी हुनेछन्।

यसअघि प्रियंका र आयुष्मानले आफ्नो निकटका साथीहरुसँग छुट्टाछुट्टै ब्याचलर पार्टी मनाएका थिए। यसैक्रममा आयुष्मानले प्रियंकाको ब्याचलर पार्टीको तस्विरहरुको नक्कल गर्दै उस्तै पोजमा तस्विरहरु खिचाएका थिए। उक्त तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएको थियो। जसको कारण उनीहरु दुवै जना ट्रोलको शिकार समेत भए।

उनीहरु यही फागुन १५ गते विवाह बन्धनमा बाँधिदै छन्। इन्गेजमेन्ट गरेको दुई वर्षपछि उनीहरुले विवाह गर्न लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell