PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सिरियामा टर्की र रसिया समर्थित सुरक्षा फौजबीच युद्धको अवस्था, हवाई आक्रमणमा ३३ टर्कीस सैनिकको मृत्यु



सिरियामा टर्की र रसिया समर्थित सुरक्षा फौजबीच युद्धको अवस्था, हवाई आक्रमणमा ३३ टर्कीस सैनिकको मृत्यु
PHOTO : AFP

सिरियाको इड्लिब प्रान्तमा भएको हवाई आक्रमणमा ३३ जनाको मृत्यु भएको छ। मृत्यु हुने सबै टर्कीस् सैनिकहरु रहेको बताइएको छ।

आक्रमणमा टर्कीका सयौं सेनिक घाइते भएको बताइएको छ। घाइतेहरुलाई उपचारका लागि सिरियाबाट टर्की लैजाने तयारी भइरहेको छ।

हवाई आक्रमणमा सिरियाली सेनाले संलग्नता हुन सक्ने अनुमान गरिएको छ।  आक्रमणपछि टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले आपतकालीन बैठक बोलाएका थिए।

इड्लिबमा केही समयदेखि टर्कीको समर्थन पाएका लडाकू समूह र रसिया समर्थित सिरियाली सेनाबीच युद्ध एकअर्का विरुद्ध आक्रमण भइरहेको थियो।

दुई देशबीच युद्धको अवस्था सिर्जना हुँदै गर्दा संयुक्त राष्ट्रसंघले दुवैपक्षलाई शान्ती कायम गर्न आग्रह गरेको छ। अमेरिकाले पनि आक्रमण रोकेर दुवै पक्षलाई वार्तामा बस्ने भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell