PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दंगापछिको दिल्ली : ३९ जनाको मृत्यु हुँदा सार्वजनिक भए कुरान जलाइएका तस्विर

दंगापछिको दिल्ली : ३९ जनाको मृत्यु हुँदा सार्वजनिक भए कुरान जलाइएका तस्विर


भारतको राजधानी नयाँ दिल्लीको उत्तरपूर्वी क्षेत्रमा फैलिएको हिंसामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ। नागरिकता संशोधन विधेयकको विरोध र समर्थनमा उत्रेका दुई समूहबीच भएको हिंसात्मक झड्पका कारण दिल्लीको एक भाग पूरै ठप्प छ।  हिंसामा सयौं मानिस घाइते भएका छन्।

विधेयकको समर्थनमा रहेका हिन्दुत्व समूहले विपक्षमा रहेका मुस्लिम समुदाय बसोवास गर्ने क्षेत्रहरुमा तोडफोड गर्नुका साथै आगो लगाइ दिएका थिए। मुस्लिम बाहुल्य क्षेत्रमा भएको हिंसामा मुसलमानहरुको पवित्र ग्रन्थ कुरान जलाइएको थियो भने मस्जिदमा राम र हनुमानको झण्डा फहर्‍याइएको थियो।

दिल्लीमा भड्किएको दंगाका क्रममा गाडीहरु जलाइएको थियो भने पसलहरु लुटिएको थियो।

दंगा भएको एक साता हुन लाग्दा बितेको केही घण्टामा भने उत्तरपूर्वी दिल्लीमा हिंसाका घटना नभएको बताइएको छ। केही स्थानमा पसल खोलिएपनि सुरक्षाको दृष्टिकोणले ती क्षेत्र अझै संवेदनशील रहेको भन्दै पसलहरु बन्द गराइएको छ। सो क्षेत्रमा हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

मुस्लिम समुदायका मानिस सुरक्षा खोज्दै दिल्ली छोडेर अन्य स्थानमा जान थालेको बताइएको छ। भारत सरकारले दिल्लीमा शान्ति फैलाउन सबै पक्षलाई आग्रह गरेको छ।

फोटो : ALJAZEERA/ AFP/REUTERS



ट्रेन्डिङ पोस्ट

Ncell