PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फ्राइडे रिलिज : ‘धुलो’सँगै दुई विदेशी फिल्म पर्दामा



फ्राइडे रिलिज : ‘धुलो’सँगै दुई विदेशी फिल्म पर्दामा

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म ‘धुलो’ प्रदर्शनमा आएको छ। त्यस्तै बलिउडतर्फ ‘थप्पड’ र हलिउडतर्फ फिल्म ‘द इन्भिजिभल म्यान’ प्रदर्शनमा आएको छ।

आजबाट प्रदर्शनमा आएको फिल्म ‘धुलो’लाई प्रदुमना मिश्रले निर्देशन गरेका छन्। फिल्ममा बुद्धि तामाङ, निर विक्रम शाह, सृजना सुब्बा, लक्ष्मी बर्देवा सुदिप कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ। यस फिल्ममा रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मजदुरको वास्तविक कथालाई प्रस्तुत गरिएको छ।

त्यस्तै बलिउड फिल्म ‘थप्पड’लाई अनुभव सिंहाले निर्देशन गरेका हुन्। फिल्ममा तापसी पन्नुको मुख्य भूमिका रहेको छ। तापसीसँगै फिल्ममा दिया मिर्जा, रत्ना पाठक शाह लगायतका कलाकारहरुले अभिनय गरेका छन्। यस फिल्ममा घरेलु हिंसाको विषयलाई प्रस्तुत गरिएको छ।

हरर थ्रिलर जनरामा निर्माण भएको हलिउड फिल्म ‘द इन्भिजिभल म्यान’ एचजी वेल्सको नोभेल ‘द इन्भिजिभल म्यान’मा आधारित छ। लेइग वानेलले निर्देशन गरेको यस फिल्ममा एलिजावेथ मोस, एल्डिस हज, स्टोर्म रेड, ओलिभर ज्याकसन कोहेन लगायतले अभिनय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell