PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

उकालो लागेको सुनको भाउ तोलामा ५ सयले घट्यो



उकालो लागेको सुनको भाउ तोलामा ५ सयले घट्यो

काठमडौं : सुनको भाउमा ५ सय रुपैयाँले घट्दै शुक्रबार तोलाको ७९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन तोलाको ७९ हजार ७ सयमा कारोबार भएको थियो। गत सोमबार सुनको भाउले रेकर्ड राख्दै तोलाको ८० हजार ३ सय रुपैयाँको उचाई छोएको थियो। त्यस यता सुनको भाउ थोरै थोरै घट्दै गएको छ।

चाँदीको भाउमा पनि २० रुपैयाँले कमी आएको छ। शुक्रबार चाँदी  ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

बिहीबार ९ सय, बुधबार ९ सय ५, मंगलबार र सोमबार ९ सय २५, आइतबार ९ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

अन्तार्राष्ट्रिय बजारमा पनि सुनको भाउ घटेकाले नेपाली बजारमा परेको प्रभावका कारण शुक्रबार सुन केही घटेर कारोबार भएको महासंघले जनाएको छ।

अन्तराष्ट्रिय बजारमा शुक्रबार सुन प्रति औंस १६४०.५० डलरमा कारोबार भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell