PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काष्ठमण्डप पुनर्निर्माणका लागि धनगढीबाट अझै आइपुगेनन् काठ



काष्ठमण्डप पुनर्निर्माणका लागि धनगढीबाट अझै आइपुगेनन् काठ

काठमाडौं : काष्ठमण्डप पुनर्निर्माणमा अपुग भएको काठ ल्याउन अझै केही समय लाग्ने भएको छ।

अन्तरिक समस्याका कारण अहिलेसम्म ल्याउन काठ ल्याउन नसकिएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ। समितिका अध्यक्ष राजेश शाक्यलले यसअघि ल्याइएको काठबाट नै हालसम्म काम भइरहेको बताउँदै यसै महिनाको अन्तिमसम्ममा अपुग काठ ल्याइसक्ने बताए। 

आठ हजार क्युफिट काठ धनगढीबाट गत पुस १५ सम्ममा ल्याइने भनिएतापनि  हालसम्म ल्याउन नसकिएको हो।  

काष्ठमण्डपको छानाका लागि करिब आठ हजार क्युफिट काठ आवश्यक रहेको छ। फागुनभित्र पनि काठ ल्याउन नसके पुनर्निर्माणको काम रोकिने बताइएको छ।  

पुनर्निर्माण अन्तर्गत अहिले दोस्रो तलाको कामसँगै झ्यालढोका बुट्टा कुद्ने काम भइरहेको छ। हालसम्म मुख्य चार थाम राखी बीचमा गारो लगाउने काम सकिएको छ। शाक्यका अनुसार हालसम्म पुनर्निर्माणको ५६ प्रतिशत काम सम्पन्न भएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell