PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको सुझाव : कृपया पूर्वप्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनुस्



प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको सुझाव : कृपया पूर्वप्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनुस्

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको प्रवक्ता नबन्न सुझाएका छन्। शर्माले ट्विटमार्फत ओलीलाई प्रहरी वकिल र फैसला न्यायाधीशले गर्ने कामको भारी नबोक्न पनि आग्रह गरेका छन्।

शर्माले लेखेका छन्, ‘सम्माननिय प्रधानमन्त्रीलाई 'सुझाव पत्र'! पूर्वप्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया! अनुसन्धान प्रहरीले, बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो। अरुको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ।’

 

बिहीवार वाग्मती प्रदेशस्तरीय प्रशिक्षण भेलामा बोल्दै प्रधानमन्त्री ओलीले सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा बार्गेनिङ गरेको अडियो बाँस्कोटाको भन्ने प्रमाणित भइनसकेको बताएका थिए। ओलीले बाँस्कोटाको बचाउ गर्दै मुद्दा नै नचेलेको विषयलाई भष्ट्राचार प्रमाणित भए जसरी प्रचार गरिएको बताएका थिए।

अडियोको विषयमा प्रष्टिकरण दिएकोमा शर्मा लेख्छन्, ‘अडियोको प्राविधिक परिक्षणसम्म यहाँले नै?’

सरकारका प्रवक्ता समेत रहेका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell