PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

२८४ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्यायो : मन्त्री अर्याल



२८४ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्यायो : मन्त्री अर्याल

काठमाडौं : भूमि, व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिएकी छन्।

शुक्रवार आफ्नो कार्यकालमा प्राप्त उपलब्धीहरुको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले यस्तो बताएकी हुन्। नेपालले पहिलो पटक आफ्नो जनशक्ति र स्रोत परिचालन गरेर सगरमाथाको उचाई नाप्ने काम शुरु गरेको छ।

नेपालको नक्सा निर्माणका लागि बनेको प्राविधि टिमले सुझाव पेश गरेको र नापी विभागले बनाएको टिमले काम अन्तिम चरणमा पुर्‍याएको उनले बताइन्। पहिलो पटक नापनक्साको काम लाइडर नापी जस्ता अत्याधुनिक प्रविधि प्रयोगको गरिएको छ।

सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि मन्त्रालयले कानुन बनाएको र कार्यान्वनको चरणमा रहेको छ। उनले भूमि व्यवस्था मन्त्रालयबाट अर्थ मन्त्रालयमा आयोग गठन आदेश पुगिसकेको जानकारी दिइन्। यसका लागि आयोगमात्रै नभएर आयोगलाई सहयोग पुग्ने संयन्त्र बनाएर अगाडी बढ्ने प्रयास भएको मन्त्री अर्यालले बताइन्।

२८४ बिघा ५ कट्ठा १५ धुर जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको उल्लेख गर्दै मन्त्री अर्यालले नेपाल सरकारको नाममा कायम गर्न १३ बिघा १८ कट्ठा १ धुर जग्गा रोक्का गरिएको बताइन्। हदबन्दीभन्दा बढी रहेको १० हजार १९२ बिघा जग्गा सरकारको नाममा कायम गर्न रोक्का राखिएको छ।

सो क्रममा सहकारी ऐन संशोधनको तयारी गरिएको मन्त्री अर्यालले बताइन्। वित्तीय कारोबारसँग जोडिएका कुराहरु पनि संशोधन मार्फत सम्बोधन हुने उनको भनाइ छ।

गुठी विधेयक समेत समेटेर एकिकृत भूमि ऐन ल्याउन लागिएको उनले बताइन्। पछिल्लो समय पटकपटक सरोकारवालासँग भएको छलफलमा सहमति जुटेपछि एकीकृत ऐन ल्याउन लागिएको उनले बताइन्।

‘सँगै जाउँ भन्ने कुरामा सहमत हुनुहुन्छ। उहाँहरुले सुझाव पनि दिनुभएको छ। उपत्यकालाई केन्द्रित गरेर भोलि समस्या नआओस् भनेर मन्त्रालयले सुझाव समिति बनाउने निर्णय पनि गरेको छ। एकिकृत कानुन निर्माणको प्रक्रियामा छौँ,’ उनले भनिन्।

उनका अनुसार समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिमा लामो अनुभव भएका योग्य व्यक्तिहरुलाई नियुक्त गरिएको छ। लामो समय सहकारी क्षेत्रमा आवद्ध रहेका व्यक्तिहरु समितिमा ल्याएको उल्लेख गर्दै अर्यालले निजामतितर्फ ११ औँ तहको सेवा पूरा गरेको र चार्टर्ड एकाण्टेन्ट गरी दुई जना नियुक्त गर्न बाँकी रहेको उनले बताइन्। आयोगले काम गर्ने विश्वासका साथ अनुभव भएका व्यक्तिहरु नियुक्त गरिएको उनको भनाइ थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell