PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पार्टीमा विवाद बढिरहेका बेला सुकुटे पुगे प्रचण्ड



पार्टीमा विवाद बढिरहेका बेला सुकुटे पुगे प्रचण्ड
नेपाल पोल्ट्री महासंघले शु्क्रवारदेखि भरतपुरमा आयोजना गरेको अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपोमा मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। फोटो : रासस

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोक पुगेका छन्। शुक्रवार चितवनमा एक कार्यक्रम सकेर प्रचण्ड हेलिकप्टरमार्फत सिन्धुपाल्चोकको सुकुटे पुगेका हुन्।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार शनिवार हुने सुकुटे महोत्सवमा सहभागी हुन उता गएका हुन्।

सापकोटाले भने, ‘सुकुटे महोत्सवमा सहभागी हुन अध्यक्ष त्यता जानुभएको हो।’

प्रचण्ड समयसमयमा सिन्धुपाल्चोक जाने गर्दछन्। उनी सभामुख चयनको विषय पेचिलो बन्दा पनि आराम गर्न भन्दै सिन्धुपाल्चोक पुगेका थिए।

यतिबेला उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टी सचिवालयको निर्णय नै अन्यौलमा छ। शुक्रवार बिहान मात्रै प्रचण्डले आफ्नो निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतसँग छलफल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell