PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोरोनाको प्रभाव : बीसीसीआइद्वारा आइपिएल स्थगित



कोरोनाको प्रभाव : बीसीसीआइद्वारा आइपिएल स्थगित
PHOTO : VIVO IPL 2020

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) ले इन्डियन प्रिमियर लिग (आइपीएल) स्थगित गरेको छ। विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको र भारतमा समेत कोरोनाको प्रभाव बढ्दै गएसँगै चर्चित टी २० प्रतियोगिता अप्रिल १५ सम्मका लागि स्थगित गरिएको हो।

यस अघि यो वर्षको आइपीएल मार्च २९ देखि सुरु हुने तय भएको थियो। भारत सरकारले अप्रिल १५ सम्म विदेशी नागरिकहरुको भिसा रद्द गरेसँगै आइपिएलमा विदेशी खेलाडी आउने सम्भावना घटेको थियो। खेलाडीहरु नआउने भएपछि बीसीसीआइले प्रतियोगिता नै सार्ने निर्णय गरेको हो। 

प्रतियोगिताको नयाँ मिति अप्रिल १५ पछि मात्रै सार्वजनिक गरिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell